रुपन्देही, ७ बैसाख ।
कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीमा थप एकजनाको मृत्यु भएको छ ।
चैत २२ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएकी बुटवल-१३ की ७९ वर्षीया महिलाको सोमबार मृत्यु भएको हो । उनी बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत थिइन् ।
उनमा ज्वरो,निमोनिया र श्वासप्रश्वासको समस्या रहेको अस्पतालले जनाएको छ । यससँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६० पुगेको छ ।
जन्मदिमै मदनकृष्णको परिवारलाई कोरोना
वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको सपरिवारमा कोरोना संक्रमण देखिएको छ ।
हिजाे परेको आफ्नो जन्मदिनमा शुभकामना व्यक्त गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै श्रेष्ठले आफू, छोरा,छोरी,बुहारी र नातिनीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।
सामाजिक सञ्जालमार्फत् श्रेष्ठले भनेका छन् ‘पाँचै जनालाई कोरोना पोजिटिभ देखिएको छ । भइसकेपछि सास्तीचाँहि हुने रहेछ । त्यसैले यो भाइरसलाई खेलाँची नगर्नुहोला । जति सकिन्छ कोरोनाबाट सतर्क रहनुहोला ।’
मह जोडीको रुपमा प्रख्यात अर्का कलाकार हरिवंश आचार्य र उनकी श्रीमतीलाई गत वर्ष कोरोना संक्रमण भएको थियो ।