शिक्षकमा कोरोना संक्रमण पुष्टि भए सँगै कञ्चनपुरको एक बिद्यालय बन्द

हाम्रो सन्देश संवाददाता

कञ्चनपुर, ५ बैसाख ।

कञ्चनपुरको महेन्द्रनगरस्थित भृकुटी माध्यमिक विद्यालयका एक शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ । आइतबार समस्या देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको हो ।

विद्यालयका निमित्त प्रधानाध्यापक विरेन्द्र प्रसाद भट्टले विद्यालयका अन्य शिक्षक र सम्पर्कमा आएका विद्यार्थीको स्वास्थ्य परीक्षण गराउन आग्रह गरेका छन्। संक्रमण बढ्न सक्ने भएकाले अर्को सूचना नआएसम्म विद्यालय बन्द गरिएको हो।

विद्यालयका अन्य १६ जना शिक्षकहरुको एन्टिजेन परीक्षण गराउँदा सबैको नेगेटिभ आएको छ भने संक्रमित शिक्षकका श्रीमतीलाई समेत संक्रमण पुष्टि भएको छ ।

सभापति देउवाले भने : “माओबादीले समर्थन फिर्ता लिएपछि नयाँ सरकार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् । आइतबार आफ्नै निवास बुढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताए ।
तर नेपाली कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने उनको भनाइ छ । नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने पनि सभापति देउवाले बताए ।

‘प्रचण्डजीहरुले समर्थन फिर्ता लिनु भएको छैन । त्यस मानेमा बहुमतकै सरकार छ अहिले । बहुमतको सरकार भएको बेलामा हामीले अरु कुनै कुरा सोच्ने कुरा छैन,’ उनले भने, ‘त्यसकारण हामीले बहुमतकै सरकार मानेका छौं ।

बहुमतको सरकारमा हामीले निहुँ खोज्ने कुरा छैन । हामीलाई प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने कुरा पनि छैन ।’ देउवाले वर्तमान राजनीति तरल अवस्थामा रहेकाले स्थिति यतै जान्छ भनेर भन्न सक्ने अवस्था नरहेको बताए ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिसकेपछि संसदीय व्यवस्था अझै सुदृढ हुने उनले विश्वास व्यक्त गरे ।