काठमाडौं, ५ बैसाख ।
शनिबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले डान्सबार र दोहोरी साँझ पूर्ण रुपमा बन्द गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको छ । सिंहदरबारमा बसेको बैठकले दोस्रो चरणको कोरोना संक्रमण बढ्दै गएपछि सरकारले डान्सबार र दोहोरी साँझ अर्को सूचना जारी नहुँदासम्मका लागि पूर्ण रुपमा बन्द गर्नुपर्ने सीसीएमसीले सिफारिस गरेको छ ।
डान्सबार र दोहोरी साँझ पूर्ण रुपमा बन्देजसँगै रेष्टुरेन्टतर्फ पनि सीसीएमसीले कडा सुरक्षा मापदण्ड तयार पारेको छ । शनिबार सीसीएमसीको बैठकले सिफारिस गरेअनुसार अब राति १० बजेपछि रेष्टुरेन्ट बन्द गरिसक्नुपर्नेछ ।
यसअघि स्वास्थ्य मन्त्रालयले चैत २५ गते जारी गरेको अपीलमा राति ९ बजेपछि रेष्टुरेन्टहरु बन्द गर्न अपील गरिएको थियो । यहीँबमोजिम सीसीमएसीले शनिबार निर्णयसँगै मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।
बैठकले डान्सबार र दोहोरी साँझ र रेष्टुरेन्ट बन्द गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेसँगै मन्त्रिपरिषद्को बैठकले यसको अन्तिम निर्णय गर्नेछ ।