काठमाडौं, ५ बैशाख ।
कर्णाली प्रदेशमा नेकपा एमालेका सांसदको सहयोगले आफ्नो सरकार जोगाएका माओवादी केन्द्रका अध्यक्ष निकै उत्साहित भएका छन् । उनले अब केही दिनमै संघिय सरकारमा पनि कायापलट हुने दावी गरेका छन् । चितवनको माडीमा योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को कार्यक्रममा बोल्दै दाहालले अब संघिय सरकारमा पनि कायापलट हुने दावी गरेका हुन् । सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेपनि अझै खतरा रहेकाले सरकारलाई तह लगाउने काममा आफु लागेको उनको भनाई थियो ।
केही दिनभित्र केन्द्रमा नयाँ कायापलट हुने खुलासा गर्दै अध्यक्ष प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकारलाई तह लगाउने अन्तिम प्रयासमा आफूहरु रहेको बताएका छन् ।त्यसको तयारीस्वरुप आज काठमाडौंमा राजनीतिक दलहरुसँग बैठक रहेको उनले बताए। उनले ओली सरकारलाई निरंकुश भन्दै अब जनपक्षिय सरकार बनाई नयाँ युगको सुरुवात गर्ने दावी गरेका छन् । प्रतिगमनका विरुद्ध सडकमा आएका राजनीतिक दलको सहकार्यमा नयाँ सरकार छिट्टै बन्ने उनको भनाइ छ।
ओली सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रमाथी प्र हा र गरेको आरोप लगाउँदै उनले ‘७० वर्षको संघर्षपछि प्राप्त उपलव्धिको रक्षा गर्न आफु लागेको दावी गरेका छन् । उनले फेरि एक पटक आफू जनताकोबीचमा जाने बताउँदै नवप्रतिक्रिया माथि धावा बोल्ने चेतावनी दिए।