बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो तोलाको ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ५ बैसाख ।

साताको पहिलो दिन अर्थात आइतबार (आज) पनि नेपाली बजारमा सुनको भाउ बढेको छ। शुक्रबार तोलामा ७ सय रुपैयाँ बढेको सुन आज पुनः २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ भने स्थिर छ। आज चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो पनि यही मूल्यमा कारोबार भएको थियो ।

लामो समयको कोरोना महामारी र लकडाउन पछि ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ। नयाँ वर्षको सुरुवातसँगै सुनको भाउ लगातार बढिरहेको छ।