बालुवाटारमा केपी ओली आक्रोशित, सभामुखमाथि अनेक आरोप

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ५ बैसाख ।

प्रधानमन्त्री केपी ओलीले सभामुख अग्नि सापकोटाप्रति आक्रोश पोखेका छन् ।

बालुवाटारमा शनिबार आफैंले डाकेको सर्वदलीय बैठकमा ओलीले सभामुखले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन परियोजना (एमसीसी) अघि बढाउन असहयोग गरेको भन्दै आक्रोश पोखे ।

‘प्रधानमन्त्रीजीले एमसीसी पारित गर्न सहयोग नगरेकामा प्रधानमन्त्रीले आक्रोश पोख्नुभयो’, बैठकमा सहभागी राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले काठमाण्डुटुडेसँग भने ।

लोहनीका अनुसार ओलीले सभामुख सापकोलाई अराजक र अनैतिक भन्दै असंवैधानिक गतिविधिमा संलग्न रहेको आरोप लगाए । आफूले सभामुखसँग सम्बन्ध सुधार्ने प्रयास गर्न ओलीलाई सुझाएको लोहनीले बताए । यस्तै कोरोना महामारी नियन्त्रणको उपायबारे लिखित सुझाव दिएको जानकारी डा. लोहनीले दिए ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]