काठमाडौं, ४ बैसाख ।
प्रहरीले वृद्धा सासुको सम्पत्ति लिएर हेरचाह नगरेको अभियोगमा सुष्मा रिजाल रेग्मीका श्रीमानलाई पक्राउ गरेको छ । बिहीबार प्रहरीले उनलाई बल्खुबाट पक्राउ गरिएको हो ।
यस अघि प्रहरीले उनकी श्रीमतीलाई २२ चैतमा पक्राउ गरेको थियो । सोही मुद्दामा कमलप्रसाद रेग्मी पनि प्रतिवादी भएकाले प्रहरीले पक्राउ गरेको बताएको छ । उनी जलउत्पन्न प्रकोप विभागका पूर्वमहानिर्देशक हुन् ।
प्रहरीका अनुसार सुष्माले कुल तीन करोड रुपैयाँभन्दा धेरै रकम लिइ जाहेरवालालाई हेरचाह नगरी सम्पत्ति लिइसकेपछि बेवास्ता गरी ज्येष्ठ नागरिक ऐन, २०६३ अन्तर्गतको कसूर गरेको जाहेरीमा भनिएको छ । सुष्मालाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइसकेको छ । उनी हाल केन्द्रीय कारागार, सुन्धारामा छिन् ।
कमल र सुष्माले स्व. भुपेन्द्रप्रसाद रिजालको नाममा रहेको माछापुच्छ्रे बैंकको खातामा रहेको रकम र लकरमा रहेको सुनचाँदी समेत अनधिकृत रुपमा निकालेको भन्दै उजुरी परेको थियो । यस्तै सृजना फाइन्नास र अरनिको सहकारीमा भएको रकम झुक्याएर निकालेको प्रहरीले जनाएको छ ।
ज्येष्ठ नागरिक ऐन–०६३ अनुसार संरक्षकले ज्येष्ठ नागरिकको सम्पत्ति हिनामिना गर्न पाईंदैन् । ०७६ मंसिरमा मा बुवा भूपेन्द्रको मृत्युपछि शोभाले आफ्नो सम्पत्ति छोरी–ज्वाईंको जिम्मामा राखेकी थिइन् ।
आमा ‘८४ बर्ष’ शोभाले प्रहरीमा उजुर गरेपछि त्यसबारे प्रहरीले अनुसन्धान गरेको थियो । चालु मुद्दामा फरार रहेका रेग्मीलाई अदालतमा उपस्थित गराइने छ। शेयर पनि झुक्याएर बेचेपछि शोभा प्रहरीको शरणमा पुगेकी थिइन् ।