काठमाडौं, ४ बैसाख ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकटलाई निकाय दिनु आवश्यक रहेको भन्दै सबै राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने धारणा राखेका छन्।
बैठकको सुरुमै बोल्दै ओलीले लामो समयदेखि सबै दलसँग भेटघाट तथा छलफल नभएको भन्दै सामाजिक तथा राजनीतिक विषयमा राय–सुझाव लिन बैठक आवश्यक रहेकाले बोलाएको बताए।
बैठकमा प्रधानमन्त्री ओली सभामुख अग्नि सापकोटामाथि खनिएका छन्।संसदीय कामकारबाहीमा सभामुखले भाँजो हालेको आरोप लगाउँदै उनकै कारण संसद बन्दक बनेको आरोप लगाए ।बैठकमा ओलीले सभामुखको अराजकताले सरकारले कामै गर्न नसकेको समेत दावी गरे।
सभामुखले सरकारको प्रस्ताव स्वेच्छाचारी ढंगले रोक्न नमिल्दैन भन्दै चर्काे आलोचना गरेका छन् । दुई वर्षदेखि सभामुखले एमसीसी रोकेर राख्नुभएको छ । बैशाख ७ गते अगाडि नै कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर प्रस्ताव सदनमा ल्याउन भनिने बताएका छन्। निर्णय जे गर्ने हो, सदनले गर्छ ।
स्थानीय तह, प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाको उपनिर्वाचन संविधान र कानुन बमोजिम छिट्टै गर्नुपर्छ।कोभिड ( १९ महामारीको दोस्रो चरणको संक्रमण नियन्त्रण गर्न सरकारले बढी ध्यान दिनुपर्नेमा जाेड दिए।
बैठकमा माओवादी केन्द्र,नेकपा एमाले माधव नेपाल समूह, जसपाकै नेताहरू उपस्थित थिएनन्।प्रमुख प्रतिपक्षी दलको तर्फबाट भने सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायत थिए।यसैबीच जसपाले पार्टीलाई बैठकबारे आधिकारिक निम्ता नआएको बताएको छ।