सचिन परियारलाई राखेर अन्तरवार्ता गर्ने युटुबरहरुलाई बद्री पंगेनीको कडा प्रश्न

हाम्रो सन्देश संवाददाता

काठमाण्डौ ।

लोकप्रिय गायक बद्री पंगेनीले यो बेला विवादमा तानिएका सचिन परियारको परिवारको विषयलाई लिएर एक स्ट्याटस पोस्ट गरेका छन्।मिडियाले सचिन परियारको बाल मस्तिष्कमा असर पर्ने गरी अन्तरवार्ता लिएको र संवेदनशीलता लाई भुलेको भन्दै आक्रोशित भएका छन्।

केही दिन देखि लगातार मिडियाले सचिन परियारको परिवारलाई विवादमा तानिरहेका छन्। सानो बाल बालिकालाई राखेर परिवारको कुरा सोध्ने र विभिन्न प्रश्न गरी बाल बालिकाको सोचाइलाई गलत तरिकाले प्रयोग गरी पैसा कमाउने काम भएको भन्दै बद्री पंगेनीले आक्रोशित हुँदै स्ट्याटस लेखेका छन्।

केही समय अगाडी सचिन परियार मिडिया बाट नै भाइरल भएका थिए। “के छ हजुर” भन्ने शब्दलाई लिएर सबैतिर चर्चा आयो जसको कारण सचिन परियार भाइरल भएका थिए।तर यो बेला सचिन परियारको आमा मिडियामा आए सँगै यो विषयले अर्को मोड लिएको हो।उनकी आमा मिडियामा आएर छोरोलाई भेट्न नपाएको भन्दै रोएको थिइन।

बद्री पंगेनीको स्टाटस जस्ताको तस्तै:

प्रीय युटुबर मित्रहरु! बाल कलाकार सचिन परियारको बाबा आमा संग अन्तर्वार्ता लिदै गर्दा तपाईंहरुले सचिन र उनको भाइ बैनीलाई संगै नराख्दा के हुन्छ? अन्तर्वार्तामा सचिनको बाबा आमाको अस्वभाविक संवाद त्यहा प्रयोग भएका शब्द र भावहरुले ती बाल मस्तिष्कमा कस्तो असर पर्छ? यति बिचार त पुर्यादिनुस न प्लिज्🙏

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]