काठमाडौं, ३ बैशाख ।
घोडेजात्राको दिन काठमाडौंमा उत्रिएका भारतीय जनता पार्टीका एकजना सांसदले जनता समाजवादी पार्टीका महन्थ ठाकुरसँग बातचित गरेर चैत मसान्तका दिन नयाँ दिल्ली फर्केका छन् ।
आइतबार दिउँसो एअर इण्डियाको उडानबाट नेपाल आएका भारतीय जनता पार्टी,उत्तर प्रदेश, कानपुरका सांसद देवेन्द्र सिंह भोलेले ठाकुरलाई आफू बसेको होटल र्याडिसनमा भेटेका थिए ।
स्रोतका अनुसार पासपोर्ट नम्बर डी (कूटनीतिक) ११३६७५३ बोकेका सिंहले ठाकुरसँग मंगलबार बिहान सवा ११ बजेदेखि झण्डै १२ बजेसम्म भेटेर कुराकानी गरेका थिए ।
ठाकुरसँगको भेटलगत्तै भोले बा.२० च २५२ नं को सेतो स्कोर्पियोमा सवा १ बजे होटलबाट निस्केर सोझै विमानस्थल गएको बताइन्छ ।
यौटै जिल्ला सर्लाहीका पूर्व चेला अमरेशकुमार सिंह निकट स्रोतका अनुसार,भोले र ठाकुरबीचको वार्तामा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । जन आस्था