काठमाडौं ।
ज्योतिषहरुले नयाँ वर्ष २०७८ मा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली झनै शक्तिशाली हुने दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै ज्योतिषहरु विहङ्मराज तिमिल्सिना, डा. बासुदेवकृष्ण शास्त्री र डा. रुद्रनाथ अधिकारीले नयाँ वर्ष २०७८ साल कस्तो हुन्छ ? भनेर भविष्यवाणी गरेका थिए ।
डा. शास्त्रीले धर्म कहिल्यैपनि परिवर्तन नहुने बताए । लोभ, क्रोध र मोहले आस्था परिवर्तन गर्नेहरुको संख्या बढेको सुनाए । डा. अधिकारीले २०७८ सालको सुरुवात बैशाखमा राजनीतिमा समिकरणको सुरुवात गराउने सुनाए ।
उनले प्रधानमन्त्री ओली विजय सुनिश्चित रहेको सुनाए । सन् २०२५ सम्म प्रधानमन्त्री ओली बलसाली रहने उनको दाबी छ । उनले नेपालमा राजसंस्थाले पनि अब स्थान पाउने दाबी गरे ।
हेरौं कुराकानीको भिडिओ :
https://www.youtube.com/watch?v=VuxNXtrfoGc&t=80s