काठमाडौं, २ बैशाख ।
जनता समाजवादी पार्टी (जसपा)का नेता आङकाजी शेर्पाले भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई नेपाल प्रवेशमा रोक लगाउनु पर्ने बताएका छन् । उनले सामाजिक संञ्जालमार्फत नेपालमा राजनीति माहोल बिग्रिरहेको बेला भारतमा हिन्दु जोगीहरुको आर्शिवादले राजा बन्न गएको र उनी नेपाल आउने क्रममा नेपालको नागरिकता त्यागेको हो वा होईन भनेर जांच्नु पर्ने र यदि नेपाली नागरिकता नभएको पाईएमा नेपाल प्रवेशमा रोक लगाउनु पर्ने बताएका हुन् ।
भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेको अवस्थामा भारतका जोगीहरुसँग एक हप्ता लसपस गरेर बसेकाले गर्दा नेपाल प्रेवश गर्दा अनिवार्य पिसिआर टेष्ट गर्नु पर्ने र यदि कोरोण संक्रमित भएको खण्डमा नेपाल प्रवेश गर्न रोक लगाउनु पर्ने बताए ।
सामाजिक संञ्जालमा यस्तो छ उनको पोस्ट
भारतमा राजा बन्न गएका ज्ञानेलाई
नेपाल प्रवेशमा रोक लगाउनु पर्छ !(१) नेपाली नागरिकता : भारतमा हिन्दु जोगीको आर्शिवादले…
Posted by Ang Kaji Sherpa on Tuesday, April 13, 2021
भारतमा राजा बन्न गएका ज्ञानेलाई, नेपाल प्रवेशमा रोक लगाउनु पर्छ !
(१) नेपाली नागरिकता : भारतमा हिन्दु जोगीको आर्शिवादले राजा बन्न गएका ज्ञानेले नेपालको नागरिकता त्यागेको हो वा होईन भनेर जांच्नु पर्छ । नेपाली नागरिकता नभएमा नेपाल प्रवेशमा रोक लगाउनु पर्छ !
(२) पि सि आर टेष्ट : कोरोना संक्रमित देश भारतका जोगीहरूसंग १ हप्तसम्म लसपस गरेर बसेको हुनाले ज्ञानेको पि सि आर टेष्ट गर्नु पर्छ । कोरोण संक्रमित भए नेपाल प्रवेशमा रोक लगाउनु पर्छ !