बादललाई गृहबाट हटाउदै : देशवासीलाई सम्बोधन गर्ने ओलीको तयारी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २ वैशाख ।

पार्टी फुटको कारणले राजनीतिक समिकरणको सकट झेल्दै र मिलाउदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
नयाँ वर्ष २०७८ सालको अवसरमा भोलि वैशाख १ गते बिहान ८ बजे सिंहदरबारबाट देशवासीलाई सम्बोधन गर्ने तय भएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ।

भोलीको सम्बोधनमा प्रधानमन्त्रीले देशवासीलाई आग्रह केही आग्रह र अनुरोध गर्न लागेको जनाइएको छ। यसैगरी सरकारले आगामी वर्षमा गर्ने ठूला विकासका योजना,सामाजिक सुरक्षाका क्षेत्रमा गर्ने कामहरुको बारेमा पनि प्रधानमन्त्री ओलीकाे सम्बोधनमा उल्लेख गर्नेछन्।

२०७७ साल सुरु नहुँदै नेपालमा फैलिएको कोरोनाले नेपालीको स्वास्थ्य,आर्थिक र सामाजिक क्षेत्रलाई तहसनहस पारेको अवस्थालाई प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख हुनेछ।

सम्बोधनमा महामारीको क्षति र त्यसमा सरकारको कदमका बारेमा पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने छन्। कोरोनाले मात्र होइन राजनीतिक रुपमा समेत वर्ष २०७७ पीडादायी नै रह्यो। यस सन्दर्भका पनि मूख्य घटनाहरु र त्यसले सरकारका कामलाई परेका बाधाका बारेमा प्रधानमन्त्रीको सम्बोधनमा समेटिनेछन्।

कोराना र राजनीतिक संकटका बीच सरकारले के कसरी काम गर्‍यो र के उपलब्धी हासिल गर्‍यो भन्ने सन्दर्भमा पनि प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा उल्लेख गर्ने बताइएको छ।

यसैबिचमा एक स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रीमण्डलमा केही थपघट र जिम्मेवारी हेरफेर समेत गर्ने तयारी गरेको जनाएको छ ।

स्रोतका अनुसार ओलीली हाल गृहमन्त्री रहेका राम बहादुर थापा ‘बादल’लाई उपप्रधानमन्त्रीमा बनाएर ललितपुरबाट संसद बनेका नवराज सिलवाललाइ गृहमन्त्री बनाउन लागेको दाबी गरेको छ ।