नायीका ऋचा शर्मा पनि गर्भवती, यस्तो म्यासेज लेखेर गराइन् जानकारी

हाम्रो सन्देश संवाददाता

काठमाडौ ।

नायीका प्रियंका कार्की पछि अर्की नेपाली सिने जगतकी चर्चित नायिका ऋचा शर्मा गर्भवती भएको समाचार सार्वजनिक भएको छ । उनले त्यसवारे आफै जानकारी गराएकी हुन् । नयाँ वर्षको मौका पारेर ऋचा शर्माले बुधबार आफ्ना फ्यानहरुलाई सरप्राइज म्यासेज दिएकी हुन् । एका विहानै सामाजिक सञ्जालमा लामै स्टाटस लेख्दै उनले यसबारे जानकारी दिएकी हुन् ।

ऋचाले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘एउटा जीवनलाई आफ्नो गर्भमा हुकाउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड्कनभन्दा कोही अरुको धड्कन मभित्र प्यारो आभाष भइरहेको छ । ’

प्रशंसकमाझ यो कुरा सुनाउँन पाउँदा सम्पूर्ण महसुस भइरहेको पनि उनले बताएकी छिन् । उनका अनुसार एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साँच्चै नै सौभाग्यको कुरा हो ।

आफूभित्र हुर्किरहेको नयाँ जीवनको स्वागत गर्नका लागि ऋचा र उनका श्रीमान् दिपेक्ष विक्रम राणाले आफ्नो घरको दैलोमा सजीवनको रुख पनि रोपेका छन् । यसबारे उनी लेख्छिन्, ‘यो नयाँ जीवनको आगमन र यो रुखको अटुट साथ सधैं बनिरहोस् भन्ने तपाईंहरु सम्पूर्णको

यो क्रममा उनले आफ्नी दिवंगत आमालाई पनि सम्झिएकी छिन् । आफ्नो स्टेटसको सुरुमा नै उनले लेखेकी छिन्, ‘आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाहा पाउँछस् । आज त्यही कुरा स्मरणमा आइरहेको छ ।’ त्यसपछि अन्तिममा उनी लेख्छिन्, ‘मेरी आमा पनि पर क्षितिजबाट भन्दै हुनुहुन्छ होला, ‘छोरी आज ठूली भई’ ।

यस अघि अर्की नायीका प्रियंका कार्की पनि गर्भवती भएको खबर बाहिरिएको थियो । प्रियंकाले बेवी बम्प सार्वजनिक गरेकी थिइन् । उनले अब त प्रश्न गर्न बन्द गर्नुस् भन्दै तस्बिर सार्वजनिक गरेकी थिइन् ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]