आजदेखि भारतको महाराष्ट्रमा १५ दिनका लागि कर्फ्यू

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ बैशाख ।

भारतको महाराष्ट्रमा आज (बुधवार)देखि कर्फ्यू जारी गरिएको छ । कोरोना संक्रमणको दर नघटेपछि आजदेखि लागूहुने गरि १५ दिनका लागि कर्फ्यू लगाईएको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले बताएका छन् ।

मुख्यमन्त्री ठाकरेले महाराष्ट्रमा दैनिक १५ हजार भन्दा बढी कोराना संक्रमित थपिएपछि कर्फ्यु जारी गर्न बाध्य भएको बताए । कर्फ्यू अन्तर्गत राति ८ बजेदेखि बिहान ६ बजेसम्म सम्पूर्ण व्यापार व्यवसाय र भीडभाडयुक्त क्षेत्र बन्द रहने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । महाराष्ट्रका सम्पूर्ण शैक्षिक संस्थाहरु १५ दिनका लागि बन्द रहनेछन् ।

अस्पताल, खाद्यान्न पसल, बैंक तथा वित्तिय संस्था लगायतका अत्यावश्क सेवाहरुहरु भने खुला रहने जनाइएको छ । पछिल्लो समय भारत कोरोनाको हटस्पट बन्दै गएको छ । त्यहाँ दैनिक एक लाख भन्दा बढी संक्रमित भेटिन थालेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा १ लाख ८५ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् ।