काठमाडौँ, ३१ चैत्र ।
नेकपा एमालेका नेता भीम रावलले एमसीसीको प्रसंगमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशघातीको संज्ञा दिएका छन्। नेता रावलले समाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री ओलीलाई देशघातीको संज्ञा दिँदै चर्काे आलोचना गरेका छन् ।
प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा सभामुखलाई एमसीसीसँगको सम्झौता संसदमा रोक्न पाउने अधिकार छ भनी प्रश्न गरेको भन्दै राष्ट्रलाई असर पार्ने कुनै पनि काम रोक्ने अधिकार हरेक देशभक्ति नागरिकको कर्तव्य भएको टिप्पणी गरेका हुन्।
बरु त्यस्तो कर्तव्यप्रति देशघातीहरूमा भने घृणा हुने भन्दै नेता रावलले प्रधानमन्त्री ओलीको कडा आलोचना गरेका छन्। नेता रावलले सोमवार राति सामाजिक सञ्जालमा लेखेका छन् ।
सभामुखले एमसीसीसंगको सम्झौता संसदमा रोक्न पाउने अधिकार छ भनी प्रमं केपीले सार्वजनिक कार्यक्रममा प्रश्न उठाउनु भएको रहेछ।देशहित विरोधी कुनैपनि सम्झौता र काम रोक्नु प्रत्येक देशभक्त नागरिकको कर्तव्य हो।यस्तो कर्तव्यप्रति देशघातीहरूमा भने घृणा हुन्छ।
— Bhim Rawal, PhD (@BhimRawal179) April 12, 2021
आज थपिए ५५९ कोरोना संक्रमित, ८ जनाको निधन
पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५ हजार १०५ नमुना परीक्षणमा ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएका ५५९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ८० हजार ५२४ पुगेको छ ।
त्यसैगरी आज देशैभरी १३८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १३८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७४ हजार १६५ पुगेको छ । निको हुनेको यो दर ९७.७ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको निधन भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका ८ जनासँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निधन हुनेको यो केही महिना यताकै सबैभन्दा बढी हो ।
त्यस्तै देशैभरी सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ रहेको छ ।
त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २३ लाख १७ हजार २८४ कोरोनाका नमुना परीक्षण गरिएको छ ।