आज थपिए ५५९ कोरोना संक्रमित, ८ जनाको निधन

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० चैत ।

पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५ हजार १०५ नमुना परीक्षणमा ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएका ५५९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ८० हजार ५२४ पुगेको छ ।

त्यसैगरी आज देशैभरी १३८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १३८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७४ हजार १६५ पुगेको छ । निको हुनेको यो दर ९७.७ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको निधन भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका ८ जनासँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निधन हुनेको यो केही महिना यताकै सबैभन्दा बढी हो ।

त्यस्तै देशैभरी सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ रहेको छ ।

त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २३ लाख १७ हजार २८४ कोरोनाका नमुना परीक्षण गरिएको छ ।