धतुरेले छोडे ‘सक्किगोनी’, नयाँ हास्यँ टेलिश्रृंखला ‘राम्रो म’ बनाउदै

हाम्रो सन्देश संवाददाता

काठमाण्डौ ।

हाँस्य कलाकार तथा निर्देशक सी पी पुडासैनी ‘धतुरे’ले चर्चित हाँस्य टेलिश्रृंखला सक्किगोनी छोडेका छन् । सक्किगोनी छोडेका पुडासैनीले नयाँ हास्यँ टेलिश्रृंखला ‘राम्रो म’ बनाउने तयारी गरेका छन् ।

‘धतुरे’ पात्र ले ख्याति कमाएका सी पी पुडासैनी ले यस अघि पनि चर्चित हाँस्य टेलिश्रृंखला हरु ‘के जमाना आ , क्या जमाना आ ! , हे सिटामोललगायत टेलिश्रृङखलामा लेखन र निर्देशन गरिसकेका छन ।

माता पिता प्रोडक्सन प्रा लि को ब्यानरमा निर्माण हुन लागेको यस हाँस्य टेलिश्रृंखला मा चर्चित हाँस्य कलाकार हरु राम चन्द्र अधिकारी , केशब सापकोटा, मेलिना ठकुरी, शिवहरि नेपाल,सोनाम लामा , रुपेश मण्डल, सिताराम श्रेष्ठ , सानु बोगटी , दिपु खड्का र प्रमोद खनाल लगायत अन्य थुप्रै कलाकार हरु हाँस्य प्रस्तुती रहने पुडासैनीले जानकारी दिए।

हाँस्य टेलिश्रृंखला राम्रोुमुको शिर्ष गित तयार भएर मिक्सिङ मा रहेको जसमा स्वर राजेश पायल राई , शब्द प्रकाश पुञ्ज र संगीत शशी बिक्रम थापा रहेको छ भने हाँस्य टेलिश्रृंखला को नाम आफैले जुराएको साथै लेखनरनिर्देशन सी पी पुडासैनी स्वयं आफ्नै हुने उनले बताए ।

यस हाँस्य टेलिश्रृंखला को टेलिभिजन पाट्नर भने फाइनल नभइसकेको तर युट्युब पाट्नर चिरञ्जीवी प्रसाद पुडासैनी युट्युब च्यानल रहेको समेत उनले जानकारी दिए । टेलिश्रृंखला बैशाखको अन्तिम साता प्रसारणमा आउन लागेको छ ।