ट्याक्टर दुर्घटना : पाँचको मृत्यु, २२ घाइते

हाम्रो सन्देश संवाददाता

चितवन, ३० चैत ।

चितवनको राप्तीमा गए राती ट्याक्टर दुर्घटना हुदा पाँचको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नं. ११ आमपानीको चिउडे खोलामा ना १ त ६२८२ नम्बरको ट्याक्टर पल्टदा पाँचको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

आइतबार साँझ ७ः३० बजे पहाडी क्षेत्र थाकलटारबाट चिउडेखोला तर्फआई रहेको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिनुभयो ।

ट्याक्टरमा करिब २५ जना सवार भएको र त्यस मध्य पाँच जना को मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अन्य २२ जना यात्रु घाइते भएका छन् । घाइते मध्य केहीको अवस्था गम्भिर हरेको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुने र घाइतेहरुको परिचय खुल्न सकेको छैन । घाइतेहरुको भरतपुर अस्पताल, कलेज अझ मेडिकल साइन्सेस र चितवन मेडिकल कलेजमा उपचार भइराखेको छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]