प्रचण्ड पत्नी सिता दाहालको अवस्था बारे छोरी रेणुले सार्वजनिक गरिन यस्तो तस्वीर

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २९ चैत ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नि सिता दाहालको स्वास्थ्य अवस्था दिनहुँ बिग्रदै गएको बताइएको छ । उनलाई केही महिना अघि नेपालमा उपचार नहुने भएपछि उनको थप उपचारका लागि भारत लगिएको थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सिता दाहालको काठमाण्डौंको मेडिसिटीमा उपचार समेत गरिएको थियो तर उनको त्यहाँ उपचार सम्भव नभएपछि भारत लगिएको थियो ।

प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराका अनुसार सिताको थप उपचारका लागि यसअघि पनि अमेरिका, सिंगापुर र भारत लगिएको थियो ।

ओली सरकारलाई छिट्टै विदाई गर्ने तयारी गर्दै छौँ : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको हर्कतबाट देशलाई बचाउन जिम्मेवारपूर्ण ढंगले काम गर्ने बताउनु भएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष भट्टराईले शुक्रबारबाट नयाँ सरकार गठनका लागि औपचारिक छलफल शुरु भएको बताउनुभयो । उहाँले एउटै पार्टीले ठोस निर्णंय गर्नु भन्दा पनि सबै पार्टीहरुसँग सम्बाद गरेर मात्र निष्कर्ष निकाल्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

अध्यक्ष भट्टराईले केपी शर्मा ओलीको हर्कतबाट देश र जनतालाई मुक्ति दिलाउन जिम्मेवारी पूर्ण ढङगले काम गर्ने पनि बताउनुभयो । ओली सरकारलाई छिट्टै विदाई गर्ने तयारी भइरहेको पनि उहाँको जिकिर थियो ।

जनता समाजवादी पार्टीमा दुर्ई धार नभएको तर दुई विषय हुँदा आम जनता भ्रममा परेको पनि भट्टराईको दावी थियो ।