बेलायतका राजकुमार फिलिपको निधन

हाम्रो सन्देश संवाददाता

एजेन्सी, २७ चैत ।

बेलायती राजकुमार फिलिप (डयुक अफ एडिनबरा) को ९९ वर्षको उमेरमा निधन भएको छ । फिलिप बेलायती महारानी एलिजाबेथ द्धितीयका पति रहेका थिए ।

महारानीले नै राजकुमार फिलिपको दुःखद निधन भएको बताएको बकिङघम प्यालेसले जनाएको छ । लामो समयदेखि मुटुको समस्याबाट पीडित फिलिपको बिहान वन्डिसोर क्यास्टलमा निधन भएको पारिवारिक स्रोतलाई उदृत गदै बीबीसीले जनाएको छ ।

उनी गत फेब्रुअरीको मध्यतिर अस्पताल भर्ना भएका थिए । उनको निधनप्रति प्रधानमन्त्री बोरिस जोन्सनले फिलिप युवाहरुका उत्प्रेरक भएको प्रतिक्रिया दिएका छन् ।

राजकुमार फिलिप र राजकुमारी एलिजावेथबीच सन् १९४७ मा बिहे भएको थियो । त्यसको पाँच वर्षपछि सन् १९५२ मा राजकुमारी एलिजाबेथ महारानी बनेकी थिइन् ।