काठमाडौं, २७ चैत्र ।
नेपाली काँग्रेसले बोलाएको तीन दलीय बैठकमा सहभागी हुन बुढानीलकण्ठतर्फ लागेका जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरू बीच बाटोमै रोकिएर गोप्य तवरले आपसी छलफलमा जुटेका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा नेताहरूको एउटै धारणा बनाउन उनीहरू छलफलमा जुटेको बताइएको छ । तीन दलीय छलफलमा हिँडेका अध्यक्ष डा.बाबुराम भट्टराई, अर्का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई देउवा निवास नजिकैको गोप्य ठाउँमा छलफलमा बसेको बताइएको छ ।
भावी सत्ता समीकरणको निम्ति निर्णायक बनेको जसपाले अहिलेसम्म ठोस निर्णय गर्न सकेको छैन । नयाँ सरकार गठनमा एमालेलाई साथ दिने की काँग्रेस–माओवादीतिर लाग्ने भन्नेमा प्रष्ट निर्णय गर्न नसकेको जसपा यसैलाई लिएर आन्तरिक किचलोमा फसेको छ । जन आस्था बाट साभार