गर्मीका खरबुजा खानुका यस्ता छन् फाइदा

हाम्रो सन्देश संवाददाता

गर्मी लाग्न लागेको छ । यस मौसममा शरीरलाई आर्द्र राख्नु जरूरी हुन्छ । त्यसका लागि मौसमी फल र सागपातको सेवन गर्नुपर्ने हुन्छ ।

फलले शरीरलाई आर्द्र राख्ने मात्र नभई रोगप्रतिरोधक क्षमता पनि बढाउँछ । हुन त सबै फल स्वास्थ्यका लागि राम्रै हुन्छन् तर गर्मीमा खरबुजा स्वास्थ्यका लागि निकै लाभदायक छ ।

यस्ता छन् यसका फाइदा :

पेटको मांसपेशी
खरबुजामा फोलिक एसिड पाइन्छ । यसले रगत डल्लो पर्न दिँदैन । खरबुजाको सेवन गर्दा महिनावारी भएको बेलामा मांसपेशी अँठिने समस्या हुँदैन र पीडामा राहत हुन्छ ।

फाइबर
खरबुजामा फाइबर भरपूर मात्रामा हुन्छ । यो खाँदा कब्जियतको समस्या आउँदैन र पेट डम्म हुन्छ ।

भिटामिन सी
खरबुजामा भिटामिन सी प्रशस्त हुन्छ । यसले सेतो रक्तकोशिका बढाएर रोगप्रतिरोधक क्षमतालाई बलियो बनाउँछ । खरबुजा खाँदा शरीर स्वस्थ रहन्छ अनि भाइरस र ब्याक्टेरियाको संक्रमण हटाउँछ । यसले पेटको अल्सर समेत रोक्छ ।

भिटामिन ए बीटा
खरबुजामा भिटामिन ए बीटा क्यारोटिन पाइन्छ । यसले आँखाको तेज बढाउन र मोतियाविन्दुको खतरा घटाउन मद्दत गर्छ । भिटामिन ए छालाको बाहिरी कोशिकाका लागि पनि लाभदायक हुन्छ ।

इलेक्ट्रोलाइट सन्तुलन
गर्मीको मौसममा पसिना आउँछ । पसिनामार्फत आवश्यक खनिज बगेर जान्छन् जसले गर्दा शरीरमा इलेक्ट्रोलाइटको सन्तुलन बिग्रन्छ । खरबुजामा सोडियम र पोटेसियम उचित मात्रामा हुन्छ जसले इलेक्ट्रोलाइटको सन्तुलन कायम राख्न मद्दत गर्छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]