ह्वात्तै बढ्यो अमेरिकी डलरसहित धेरै देशका मुद्राको भाउ बढ्यो, कुन देशको कति ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ चैत्र ।

आज साताको पाँचौ दिन (बुधबार) अमेरिकी डलरसहित प्राय सबै देशका मुद्राको भाउ बढेको छ। आज अप्रिल ८ तारिख बिहीबारका लागि अमेरिकी डलरको भाउ १ रुपैयाँ ७९ पैसाले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा तोकेको छ। यूरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ५० पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा तोकिएको छ।

यस्तै, साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपैयाँ ८९ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८४ पैसा तोकिएको छ।

त्यस्तै यूएई दिरहाम एकको खरिददर ३२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ।

यस्तै, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८० पैसा र बिक्रीदर २८ रुपैयाँ ९५ पैसा तोकिएको छ। कुवेती दिनार एकको खरिददर ३९४ रुपैयाँ २२ र बिक्रीदर ३९६ रुपैयाँ २० पैसा तोकिएको छ।

यस्तै, बहराइन दिनार एकको खरिददर ३१५ रुपैयाँ ६० पैसा र बिक्रीदार ३१७ रुपैयाँ १९ पैसा रहेको छ।