दुई दिदीबहिनी जंगलमा झुन्डिएको अवस्थामा ‘मृत’ फेला, घटना रहस्यमय

हाम्रो सन्देश संवाददाता

सुर्खेत, २६ चैत्र ।

सुर्खेतमा जंगलमा घाँस काट्न गएका दिदीबहिनी झु‘न्डि’एको अवस्थामा मृत फेला परेका छन् । पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा बस्दै आएका दुईजना दिदीबहिनी यस्तो अवस्थामा मृ-त भेटिएका हुन् ।

१४ र १५ वर्षीया किशोरी दिदीबहिनी यस्तो अवस्थामा शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी रामप्रसादले बताए । उनकाका अनुसार उनीहरू शुक्रबार बिहान ८ बजे घरबाट घाँस काट्न नजिकैको जंगलमा गएका थिए । सोही ठाउँमा ११ बजे यस्तो अवस्थामा स्थानीयले देखेका थिए ।

प्रहरीले नाम नखुलाए पनि १४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया किशोरी कक्षा ८ मा पढ्दै आएको पनि घर्तीले बताए । ‘दुवैजना कमला बादीकी दिदीका छोरीहरू हुन् । कमला बादीकै घरमा बसेर अध्ययन गर्दै आएका थिए ।

‘दुईजना बालिकाहरू आफ्नो सानीआमा (आमाको बहीनी) कमला बादीको घरमा बसेर पढ्दै आएका रहेछन्’ घर्तीले भने, ‘बिहान घाँस का ट्न भनेर जंगल गएका उनीहरूलाई यो अवस्थामा स्थानीयहरूले देखेका रहेछन् ।’

शवलाई पोस्ट-मार्टमका लागि अहिले प्रदेश अस्पताल कालागाउँमा ल्याइएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।