आज ह्वात्तै बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो तोलाको ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ चैत्र ।

साताको पाँचौ दिन अर्थात बिहीबार (आज) पनि नेपाली बजारमा सुनको भाउ बढेको छ। बुधबार प्रतितोला ५ सय रुपैयाँले बढेको सुन आज पुनः तोलामा १ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

लामो समयको कोरोना महामारी र लकडाउन पछि ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ। यो हप्ता सुनको भाउ लगातार उकालो लागिरहेको छ।

ह्वात्तै बढ्यो अमेरिकी डलरसहित धेरै देशका मुद्राको भाउ बढ्यो, कुन देशको कति ?

आज साताको पाँचौ दिन (बुधबार) अमेरिकी डलरसहित प्राय सबै देशका मुद्राको भाउ बढेको छ। आज अप्रिल ८ तारिख बिहीबारका लागि अमेरिकी डलरको भाउ १ रुपैयाँ ७९ पैसाले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा तोकेको छ। यूरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ५० पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा तोकिएको छ।

यस्तै, साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपैयाँ ८९ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८४ पैसा तोकिएको छ।

त्यस्तै यूएई दिरहाम एकको खरिददर ३२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ।

यस्तै, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८० पैसा र बिक्रीदर २८ रुपैयाँ ९५ पैसा तोकिएको छ। कुवेती दिनार एकको खरिददर ३९४ रुपैयाँ २२ र बिक्रीदर ३९६ रुपैयाँ २० पैसा तोकिएको छ।

यस्तै, बहराइन दिनार एकको खरिददर ३१५ रुपैयाँ ६० पैसा र बिक्रीदार ३१७ रुपैयाँ १९ पैसा रहेको छ।