चर्चित मोडल टीका जैसी कस्को मायाको भोगी बनिन त

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

सुगम संगीतको दुनियामा एक उत्क्रष्ट गित रक्षा म्युजिक प्रा.लिको प्रस्तुतिमा सार्बजनिक भएको छ । प्रेम सागर पौडेलको उत्कृष्ट शब्द संगीतमा रहेको उक्त गीतमा सि.डी विजय अधिकारीको सुमधुर आवाज रहेको छ ।

बिक्रम चौहानको निर्देशनमा रहेको उक्त म्युजिक भिडियोको छायांकन प्रकाश खडकाले गरेका हुन भने अहिलेका व्यस्त सम्पादक मिलन बि कले सम्पादन गरेका हुन् । कृष्ण बि कले संगीत सयोजन गरेको यस म्युजिक भिडियोको पोस्टर डिजाईन भने मनोज कार्कीले गरेका हुन् । बि-स्टार फिल्मसको पर्दामा दृश्य निर्माण भएको हो ।

माया गर्दा पनि आफुलाई प्रेमिकाले सदाका लागि छोड्नुको पिडा यस भिडियोमा देखाउन खोजियको छ ।
यस म्युजिक भिडियोमा मिलन बिक र टिका जैशीको उत्कृष्ट अभिनय रहेको यस म्युजिक भिडियोलाई बजार व्यवस्थापन तथा वितरण रक्षा म्युजिक प्रा.लिले गरेको छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]