बढ्यो सुनकाे मूल्य, आज कतिमा हुँदैछ

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २५ चैत्र ।

पछिल्लो २४ घण्टामा सुनको मूल्य वृद्धि भएको छ ।

मंगलबार तोलामा ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजाबी सुन तोलामा ८७ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । भने, चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको छ ।

चन्द्रागिरीको सेयर मूल्य २५ सय नाघ्यो

बुधबार नेप्से परिसूचक २।८५ अंकले घटेर २६७१।६१ विन्दुमा अडिएको छ ।

माइक्रोफाइनान्स, विकास बैंक, होटल तथा पर्यटन लगायतका समूहमा वृद्धि देखिएको छ । सात वटा समुहमा भने गिरावट आएको छ । ७ अर्ब २६ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २७ करोड ६३ लाख रुपैयाँ कारोबारसहित निफ्रा ९नेपाल पूर्वाधार बैंक० सबैभन्दा अघि छ । यस्तै, दोस्रो र तेस्रोमा क्रमशः चिलिमे हाइड्रोपावर छिमेक लघुवित्त परेका छन् । ५ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ ।

महिला लघुवित्त वित्तिय संस्था, चन्द्रागिरी हिल्स र एनआइसी एसिया लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य सबैभन्दा बढेको छ । चन्द्रागिरी हिल्सको सेयर मूल्यले २ हजार ५ सय ७८ रुपैयाँ पुगेको छ ।