पत्रकार महासंघको निर्वाचन एक घण्टाका लागि स्थगित, यस्ताे छ कारण !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २५ चैत्र ।

बुधबार भएकाे नेपाल पत्रकार महासंघको निर्वाचन एक घण्टाका लागि स्थगित भएकाे छ । बिहान ९: ३० बजेबाट सुरु भएको मतदानमा निर्वाचनका लागि छापिएको मतपत्रमा दुई केन्द्रीय सदस्यको नाम नरहेको भन्दै काठमाडौंमा एक घण्टाका लागि स्थगित गरिएको हो ।

निर्वाचनका लागि ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रङ्गशालामा गरी कुल ९७ बुथमा निर्वाचन तोकिएको छ । यस निर्वाचनमा तीन हजारभन्दा बढी पदाधिकारी तथा सदस्य निर्वाचित हुने र त्यसमा महिलाको उपस्थिति ३३ प्रतिशतभन्दा बढी रहनेछ ।

अब मास्क अनिवार्य लगाउनैपर्ने, नलगाए कारबाही गरिने

कैलालीमा सार्वजनिक स्थलमा हिँड्दा मास्क लगाउन अनिवार्य गरिएको छ। कोरोना महामारी जोखिम बढेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अन्तरगत मास्क प्रयोग अनिवार्य गरिएको हो।

मंगलबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालन गर्ने गराउने निर्णय गरेको हो। मापदण्ड पालना नगर्नेलाई कारवाही हुने बताइएको छ।

बैठकले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अनिवार्य पालना गर्ने, मास्क लगाउने, भारतबाट फर्किनेहरूलाई अनिवार्य रूपमा आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। बाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोगमा कडाइ गर्ने बताउँदै जोशीले नियमको उल्लङ्घन गर्नेलाई कारवाही गरिने बताए।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]