प्रधानमन्त्रीको अर्धनग्न भिडियो सार्वजनिक

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अर्धनग्न भिडियो सार्वजनिक भएको छ । उनको त्यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

हालसालै उनले एक रेडियोमा दिएको अभिव्यक्ति विवादित बनेपछि ओक्रोशित पाकिस्तानी नागरिकले उनको पुरानो अर्धनग्न भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिएको बताईएको छ ।

सामाजिक सञ्जालमा पाकिस्तानी नागरिकले उनको एक पुराना भिडियो शेयर गरेका छन् । जसमा इमरान अर्धनग्न देखिन्छन् । तस्तै उनको साथ बिकिनीमा महिला देखिन्छन् । दुबैजना समुन्द्रमा नुहाएर निक्लेको भिडियोमा स्पष्ट देखिन्छ । मानिसहरुले व्यंग्य गर्दै भनेका छन् कि, ‘प्रधानमन्त्री इमरान पहिले आफ्नो बस्तु छोप्नू।’

पाकिस्तानमा बलात्कारका घटना रोक्न महिलाहरुले बुर्का लगाउनु पर्ने अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए कि बलात्कारबाट बच्ने हो भने महिलाले बुर्का लगाउनै पर्छ । बुर्का लगाउनाले यस्ता घटनामा कमी आउन सक्दछ ।

यही आइतबार जनताहरुसँग रेडियो मार्फत जनताहरुसँग प्रत्यक्षरुपमा गएिको कुराकानीका क्रममा इमरानले महिलाहरुलाई यस्तो सल्लाह दिएपछि जनताहरुले उनको अभिव्यक्ति माथि आपत्ति जनाउँदै जनताहरु उनको पुरानो भिडियो भाइरल बनाईदियो ।

रेडियोमा कुराकानीका क्रममा एक नागरिकले सोधेका थिए, ‘यौन हिंसा खासगरी बच्चाहरुमाथि भएको घटनालाई लिएर सरकारको योजना के छ ?’ त्यसको जवाफमा देशको कमजोर कानूनी व्यवस्थाको सट्टा इमरानले अश्लिलता जोडिएको जिम्मेदार बताए । उनले दिल्लीलाई बलात्कारको राजधानी समेत भने ।

पाकिस्तानमा दैनिक जसो बलात्कारका ११ घटनाहरु भएको बाहिर आएको छ । पछिल्लो ६ वर्षमा २२ हजारभन्दा बढी बलात्कारका घटना बाहिर आएको छ । त्यसमध्ये सुन्य दशमलब ३ प्रतिशतलाई मात्र सजाय भएको पाईन्छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]