काठमाडौं, २४ चैत ।
दीपाश्री निरौलालगायत कलाकारहरूको फेसबुक ह्याक गरेको आरोपमा साइबर ब्युरोले १४ वर्षीय बालकलाई पक्राउ गरेको छ । प्रहरीले पर्सा बहुदजरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय बालकलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिएका छन् ।
निरौलालगायत केही कलाकारहरूको फेसबुक ह्याक गरी साथीहरूसँग पैसा माग गरेको भन्ने प्रहरी कार्यालयमा जाहेरी परेको थियो । सोही जाहेरीको आधारमा खटिएको प्रहरीको टोलीले १४ वर्षीय बालकलाई जिल्ला अदालत काठमाडौंको पक्राउ अनुमति पर्साबाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा सोमबार पक्राउ गरेको हो ।
आमा बन्दै प्रियंका, प्रियंका आँफैले तस्विर सेयर गर्दै भनिन् ‘हो, हामी गर्भवती छौं’
एक वर्ष अघि विवाह गरेकी प्रियंकालाई गर्भवतीको प्रश्नले आजित बनाएको आभाष भएको छ । उनले शुक्रवार एक तस्बिर सार्वजनिक गर्दै आफु गर्भवती भएको जानकारी गराएकी छन् । तर उनको जानकारी गराउने तरिका भने अलि फरक छ । विवाह बन्धनमा बाँधिएको एक वर्षपछि अभिनेत्री प्रियंका कार्की आमा बन्ने भन्दै समाचारहरु सार्वजनिक भएपछि उनी आजित भएको हुनसक्छ ।
केही समयदेखि उनी गर्भवती रहेको आशयका समाचारहरु प्रकाशन हुँदै आएका थिए । तर उनले शुक्रवार भने अब सोध्न बन्द गर्नुस् भन्दै गर्भवती अवस्थाको तस्बिर सार्वजनिक गरेकी छन् । कलाकारहरुको ब्यक्तिगत जिवन प्रति सर्वसाधारणको चासो हुने भएकाले उनलाई गर्भवतीको विषयमा प्रश्न गरिनु स्वभाविक हो । सोही प्रश्नलाई जवाफ दिँदै उनी स्वयंले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो बेबी बम्पसहितको तस्विर सार्वजनिक गर्दै आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले लेखेकी छन्, ‘हो, हामी गर्भवती छौं । सोध्न बन्द गर्नुस् ।’
दुई वर्ष लामो प्रेम सम्बन्धलाई गत वर्षको फागुन १६ गते विवाहमा परिणत गरेका प्रियंका र आयुष्मानले विवाहको पहिलो वर्षगाँठ माल्दिभ्स पुगेर मनाएका थिए । विवाह बन्धनमा बाँधिएपछि प्रियंकाले फिल्ममा काम गरेकी छैनन् । लकडाउनको समयमा केही म्यूजिक भिडियोमा अभिनय गरेकी उनले दशैंपछि आफ्नो निर्माणमा ‘बसन्त’ नामक वेब सिरिजको निर्देशन गरेकी थिइन् ।
घरमै परिवारसंग समय विताएकी प्रियंकाले वेवि वम्पको तस्बिर सार्वजनिक गरेपछि उनलाई बधाई दिनेको लर्को लागेको छ । सामाजिक सञ्जाल मार्फत उनलाई बधाई दिइएको छ । लकडाउनपछि प्रियंका सार्वजनिक कार्यक्रमहरुमा देखिएकी थिइनन् । केही समयदेखि उनी सामाजिक सञ्जालमा पनि सक्रिय थिइनन् । यसबाट धेरैले उनी गर्भवती भएको हुनसक्ने अड्कल काटेका थिए । अन्ततः उनले नयाँ वर्षको छेकोमा आफ्ना प्रशंसकलाई खुसीको खबर दिएकी छन् । आयांक जोडी आमा(बुबा बन्न लागेकोमा खुसी देखिएका छन्, जुन तस्विरले बोल्छ।