ओपो ए१२ को मूल्य घट्यो, अब कति पर्छ ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २४ चैत ।

नयाँ बर्षको उपलक्ष्यमा ३जीबीको ओपो ए१२ ले मूल्य घटाएको छ । पहिले १६ हजार ५ सय ९० मूल्य रहेको उक्त फोनको मूल्य घटाएर १४ हजार ९ सय ९०म कायम भएको हो ।

नेपाली बजारमा उक्त फोन कालो र नीलो गरी दूई रंगमा उपलब्ध छ । सन् २०२०को अगास्ट महिनामा सार्वजनिक उक्त फोनको चौडाइ ८.३एमएम र वजन जम्मा १ सय ६५ ग्राम रहेको छ । ओपोले आउँदा दिनमा नयाँ बर्ष २०७८ लक्षित थप आकर्षक अफरहरु पनि सार्वजनिक गरिने जानकारी दिएको छ ।

डिस्प्ले :

ओपो ए१२ ३जीबीको डिस्प्लेको कुरा गर्दा यसमा ७२०×१५२० पिक्सेल्स सहितको ६.२२ ईञ्चको डिस्प्ले उपलब्ध छ । फोनको पिक्सेल डेन्सिटी २ सय ७० पीपीआई रहेको छ । आईपीएस प्यानल सहितको यो फोनको एस्पेक्ट रेशियो १९ः९ रहेको छ । फोनको स्क्रिन टू बडी रेशियो ८९% छ । फोनको डिस्प्लेमा क्याप्टिभेटिभ, मल्टि(टच, ईन(सेल, २.५डी कभ्र्ड ग्लास स्क्रिन, कोर्निङ गोरिल्ला ग्लास थ्री ।

क्यामेरा :

ओपो ए१२ ३जीबीमा रहेका क्यामेराको कुरा गर्दा यसमा डुअल रियर क्यामेरा सेटअप उपलब्ध गरिएको छ । यसमा १३एमपी क्षमताको प्राइमरी क्यामेरा र सेकेण्डरी क्यामेराका रुपमा २.०एमपी क्षमताको क्यामेरा जडान गरिएको छ । यी क्यामेरामा टच(टू(फोकस, फेज डिटेक्शन एएफ अटोफोकस प्रविधिपनि उपलब्ध गरिएका छन् । फोनमा रहेको रियर क्यामेरामा डुअल एलईडी फ्ल्याशको पनि प्रयोग गरिएको छ । त्यसैगरी, सेल्फीका लागि फोनमा ५एमपी क्षमताको फ्रण्ट क्यामेरा जडान गरिएको छ ।

हार्डवेयर तथा सफ्टवेयर :

ओपो ए१२, २.३ जीएचजेडमा क्ल्क्ड गरिएको ८ कोर्सको मिडियाटेक हेलियो पी३५ (एमटी६७६५भी÷सीबी) चिपसेटबाट सञ्चारित छ । फोनमा ३जीबी ¥याम र ३२ जीबी आन्तरिक सञ्चय क्षमता उपलब्ध छ । प्रयोकर्ताले अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा यसमा एक्स्पान्डेबल एक्स्टरनल स्टोरेजको पनि प्रयोग गर्न सक्छन् । फोनमा रियर(माउण्टेड फिंगरप्रिन्ट सेन्सर्स र फेस अनलक फिचर्स लगायत सुविधापनि उपलब्ध छ । फोनको प्रयोग गर्दा दिनभर प्रयोगकर्ताले ब्याट्रीको चिन्ता लिन नपरोस् र सहजै दिनभर यसको प्रयोग गर्न सकुन् भन्ने सोचका साथ यसमा ४ हजार २ सय ३०एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]