भर्खरै भारत आसपास केन्द्रबिन्दु भएर गयो शक्तिशाली ठुलो भुक्कप, नेपालमा पनि झट्का

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २४ चैत्र ।

सोमबार बेलुका भारतको सिकिम आसपासलाई केन्द्रबिन्दु बनाए भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको सिकिम आसपासलाई केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्यूडको भूकम्प गएको हो । भारतीय भूकम्प मापन केन्द्रले ५.८ म्याग्निच्यूडको सो भूकम्प राति ९ बजेर ४ मिनेटमा गएको जनाएको छ।

भारतमा गएको भूकम्पको धक्का पूर्बी नेपालको पहाडी तथा तराईका जिल्लामा कडा रुपमा महसुस भएको थियो। भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको छ भने काठमाडौंमा पनि सामान्य महसुश भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ९ बजेर ४ मिनेटमा भूकम्प गएको हो। यसैबीच काठमाडौँस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका महानिर्देशक लोकविजय अधिकारीले पूर्वी नेपालमा भूकम्पको धक्का ठूलो महसुश भएको जानकारी आएको जानकारी दिए ।

भारतले ५.४ म्याग्निच्यूडको भूकम्प गएको बताइरहँदा अधिकारीले भने ५.८ म्याग्निच्यूडको बताउँदै केन्द्रको आधिकारिक वेबसाइडमा पनि सोही कुरा उल्लेख गरिएको छ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]