अचानक के भयो कल्पना दाहाललाई ? डाक्टरले दिए यस्तो सुझाव

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

नेपाली लोक गायनकी पछिल्लो समयकी चर्चित गायिका कल्पना दाहालको स्वास्थ्यमा समस्या देखिएको छ । कमजोरीका कारण उनको स्वास्थ्यमा समस्या देखिएको हो । चिकित्सकको सल्लाह अनुसार उनी अहिले घरमै आराम गरिरहेकी छिन् । उनलाई इन्द्रेणीकि लोक गायिका भनेर पनि धेरैले चिन्ने गरेका छन् । पछिल्लो समय कल्पनाकी आमाको समेत स्वास्थ्य ठीक छैन । आमा बिरामी भएको भन्दै चिन्ता व्यक्त गरेकी कल्पना आफु पनि बिरामी परेकी हुन् । अहिले उनी डेरामै आराम गरिरहेकी छिन् । उनी यसपटक दोहोरी च्याम्पियनमा भाग लिएकी छिन् । उनको जोडीमा प्रदिप रोक्का छन् । उनीहरुको जोडीको लिएर चौतर्फी चर्चा छ । उनलाई ज्वरो संगै स्वास्थ्यमा अन्य केहि समस्या देखिएको बताइएकोछ ।

डाक्टरको भनाइ अनुसार उनि कमजोरीको कारण अस्वस्थ भएको बताईएको छ । अहिले इन्द्रेणीमा पनि कल्पनाले गाएको नया दोहोरी युटुबको ट्रेन्डिङ्गमा रहेको छ खुमन अधिकारी संग उनले उक्त दोहोरी गाएकि हुन् । कल्पना दाहालले नै गाएको चियावालीको कथा जस्तै लाग्ने चिया खाउँ की कफी भन्ने नया गीत पनि चर्चामा छ । कल्पनालाई स्वास्थ्य लाभको कामना छ।

हाल नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको ‘दोहोरी च्याम्पियन’ औपचारीक रुपमा सुरु नहुँदै विवादित बनेको थियो । ‘दोहोरी च्याम्पियन’ को पहिलो एपिसियोड नै आलोचना नै आलोचनाले भरिएको थियो । हजारौँले दिएको डिजिटल अडिसनबाट छनोट भएका ३५ टिमको फिजिकल अडिसन प्रसारण गरिएको थियो । ‘दोहोरी च्याम्पियन’ हरेक शनिवार साँझ ८ः५० मा नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको छ । पहिलो भाग प्रसारण भएसँगै यो सो आलोचित बनेको हो । अहिलेसम्म यो सोलाइ लाखौं बढी दर्शकहरूले हेरिसकेका छन् भने, आठ हजार सात सय बढी दर्शकलेसमेत प्रतिक्रिया दिएका छन् । जसमा अधिकांश प्रतिक्रिया भने नकारात्मक छन् ।

आलोचनाको मुख्य कारण भने यस शोका जजहरू नै हुन् । लोकदोहोरी क्षेत्रमा स्थापित कतिपय कलाकारहरूले समेत ‘दोहोरी च्याम्पियन’ मा जजहरूको निर्णय गर्ने शैलीलाई लिएर सामाजिक सञ्जालबाटै आलोचना र व्यङ्ग्य गरेका छन् । कतिपय दर्शकले जजहरूमा अनुशासन नभएको समेत प्रतिक्रिया दिएका छन् । भने कतिपयले जजहरूमा बढी घमण्ड भएको प्रतिक्रियासमेत दिएका छन् । त्यस्तै कतिपय दर्शकले यसका निर्णायकहरू परिवर्तन गर्नुपर्ने समेत माग गरेका छन् । ‘दोहोरी च्याम्पियन’को निर्णायकका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष गीतकार रमेश बि जी लोकदोहोरी गायक प्रजापति पराजुली, लोकदोहोरी गायिका सीता थापा र गायक तथा गीतकार चन्द्र शर्मा रहेका छन् । यस्तै कार्यक्रम सञ्चालकको रूपमा लोकदोहोरी गायक बद्री पङ्गेनी र लोकदोहोरी गायिका प्रीति आले रहेका छन् ।