श्रीमान विदेशवाट आएको केही दिनमै नदीमा हा म फा लेकी श्रीमतीको शव खोलामा भेटीएपछि प्रहरीले गर्यो नयाँ खुलासा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २३ चैत्र ।

कास्की अन्नपुर्ण गाउँपालिका ७ मा भएको एक घटना थप रहस्यमय भएको छ । स्वास्थ्यकर्मी सीता परियारलाई ८ दिन पछि मृ त फेला परिन् । समाजमा अगुवाको रुपमा रहेकी सीता आफै कसरी यस्तो निर्णयमा पुगीन् भन्ने कुरा रहस्यम भएको छ । उनी घरवाट हराएको ८ दिन पछि खोलामा मृ त फेला परेकी छन् । उनका श्रीमान वैदेशिक रोजगारीमा थिए । श्रीमान घर आएको केही दिनमा नै उनी घर छोडेर हिडेकी थिइन् ।

उनीहरुबीच के कुरा भयो भन्ने अझै खुलेको छैन । शव फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । उनका श्रीमान साउदीवाट नेपाल आउँदा एक महिलासंग संगै आएको खुलेको छ । श्रीमतीले उनै महिलासंग आशंका गरेको पनि खुलेको छ । तर श्रीमान राजु परियारले ति महिलालाई आफ्नो धर्म बहिनी बताएका छन् । उनी कतारवाट ६ तारिख नेपाल आएको भए पनि १६ तारिख मात्र घर आइपुगेका थिए । सीताको माइतीले त्यती धेरै दिन कहाँ हुनुहुन्थ्यो ? भनेर प्रश्न गरेका छन् ।

श्रीमान विदेशवाट आएको केही दिनमै हराएकी सीता परियार ८ दिन पछि मृ त अवस्थामा फेला परेकी हुन् । आखिर जे घटना नहोस् भन्ने आफन्तले चाहेका थिए त्यही भएको छ । राजु परियार धेरै वर्ष विदेशमा बसेर भर्खरै नेपाल फर्किएका थिए । उनको श्रीमती सीता परियार त्यसको केही दिनवाट नै सम्पर्क विहिन भएकी थिइन् । उनलाई एक स्थानियले खोलामा हा म फा ल्दै गरेको अवस्थामा देखेको भनेको भएपनि विश्वास गरिएको थिएन । उनी कतै लु के र बसेको हुनसक्ने आशंका गरिएको थियो । तर हराएको ८ दिन पछि उनी फेला परेकी छन् । प्रहरी र स्थानियको सहायताले खोलामा खोजी गर्दा फेला नपरेकी उनी शनिवार स्क्याभेटर ल्याएर खोजी गरेपछि फेला परेकी हुन् ।

उनी मृ त फेला परेको प्रहरीले जनाएको छ । सीताको माइती पक्षले आफ्नो छोरीलाई त्यस्तो निर्णय लिन वाध्य पारिएको आरोप लगाएका छन् । उनीहरुले सीताको श्रीमानले अरु युवतीसंग लागेको थाहा पाएपछि सीताले त्यस्तो निर्णय लिएको हुनसक्ने आशंका गरेका छन् । उनीहरुले सामाजिक सञ्जालमा राजलाई अर्कै महिलासंग बसेको फोटो देखेको पनि बताएका छन् । त्यो फोटो राजुको छोरीले पनि देखेकी थिइन् । एक वर्ष अघि त्यसरी फेसवुकमा तस्बिर देखिनु र अहिले राजु नेपाल आउँदा पनि ति महिला एउटै प्लेनमा आएको पनि खुलेको छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]