इटहरी, २३ चैत्र ।
सुनसरीको तिरुपति प्लाई उद्योगमा भीषण आगलागी भएको छ । सुनसरीको इटहरी खनारस्थित तिरुपति प्लाई उद्योगमा रहेको तयारी प्लाई जलेर नष्ट भएको भएको छ ।
उद्योगबाट सामानहरु निकाल्ने काम भइरहेको छ । आगलागीको कारण भने खुलेको छैन ।
सोमबार बिहान सवा सात बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय इटहरीका निरीक्षक केशव कटुवालले बताए । उनले भने, ‘आगो तत्काल नियन्त्रणमा आउन सक्ने देखिँदैन, नियन्त्रणको प्रयास गरिरहेका छौँ।’
आगलागी नियन्त्रणमा लिन सुनसरी,मोरङ र झापाबाट १३ वटा दमकल आएका छन् । आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । स्थानीयवासीले समेत नियन्त्रणमा सहयोग गरिरहेका छन् ।
जसले ओली समूहमा प्रवेश गरेपछि आजदेखि गुमाउँदैछन् सांसद पद
माओवादी छाेडेर नेकपा एमालेकाे ओली समूहमा प्रवेश गरेका कारण नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि लुम्बिनी प्रदेश सभाका सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीले आजदेखि पद गुमाउने भएका छन्।
आज बस्ने प्रदेश सभा बैठकमा सभामुखले उनीहरूलाई माओवादी केन्द्रले कारबाही गरेको पत्र पढेर सुनाउने र त्यससँगै दुवैको सांसद पद गुम्ने भएको हो। योसँगै आजदेखि लुम्बिनी प्रदेश सभामा २ सांसद पद खाली हुने भएका छन्।
माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहेका न्यौपाने रूपन्देही क्षेत्र नम्बर १ को २ र दिनेश पन्थी गुल्मी निर्वाचन क्षेत्र नम्बर २ को २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।
तर उनीहरू एमालेको ओली समूहमा लागेका कारण पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो। दुवैलाई प्रधानमन्त्री ओलीले एमालेमा केन्द्रीय सदस्य बनाएका छन्।
माओवादी केन्द्र संसदीय दलले प्रदेश सभा सचिवालयमा न्यौपाने र पन्थी दलमा नरहेको सूचना दर्ता गराएपछि उनीहरूको निलम्बन प्रक्रिया अघि बढेको हो। राजनीतिक दलसम्बन्धी दफा ३४ मा जुन दलबाट निर्वाचित भएको हो, त्यो दल त्यागेपछि स्वतः सांसद पद जाने व्यवस्था छ।
माओवादी केन्द्र संसदीय दल ‘लुम्बिनी’ ले यही चैत ११ गते दुवैलाई २४ घण्टे स्पष्टीकरण मागेको थियो। तर जवाफ नदिएपछि चैत १३ गते संसदीय दलले कारबाही गरी सदरका लागि केन्द्रीय कमिटीमा निर्णय पठाएको थियो ।
जसअनुसार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो आइतबार कारबाही सदर गरेका हुन् र सोहीबमोजिम प्रदेश सभामा उनीहरूलाई कारबाही गरिएको सूचना दर्ता गरिएको हो।