घट्याे सुनचाँदीकाे मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २३ चैत्र ।

साताको दाेस्राे दिन साेमबार नेपाली बजारमा सुनकाे मूल्य सामान्य घटेकाे छ । आज साेमबार सुनकाे मूल्य ताेलामा २ सय रूपैयाँले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आइतबार प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज प्रतितोला २ सय रुपैयाँले घटेर ८७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन आज प्रतितोला ८६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता, चाँदीको मुल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, कति पुग्याे ?

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल जन्य पदार्थकाे मूल्य बढाएको छ । निगमले आज मध्यराति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँले बढाइएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १२० रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रूपैयाँ पर्नेछ ।

भारतीय आयल कर्पाेरेसन (आईओसी)ले मूल्य नबढाए पनि निगमले घाटा पूर्ति गर्न भन्दै मूल्य बढाएको हो ।