पुरुषका लागि पनि बन्यो गर्भनिरोधक सुई, एकपटक लगाए १५ वर्ष बच्चा नहुने

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

अहिलेसम्म गर्भनिरोधक चक्की र सुई महिलाका लागि मात्र बनेका थिए। महिलाहरुले एक पटक सुई लगाए तीन महिनासम्म गर्भ नबस्ने सुई प्रचलित छ।

तर, अहिले भारतीय वैज्ञानिकहरुले पुरुषका लागि पनि सुई बनाएका छन्। त्यो सुई एक पटक लगाएको खण्डमा १५ वर्षसम्म बच्चा नहुने बताइएको छ ।

भारतीय वैज्ञानिकहरुको पहिलोपटक यस्तो सुई बनाएको दाबी गरेका छन् । यो सुई इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चका वैज्ञानिकहरुले तयार पारेका हुन्।

सुई आविष्कारमा संलग्न वैज्ञानिक डा. आर एस शर्माका अनुसार यो सुई एक पटक लगाएको खण्डमा १५ वर्षसम्म काम गर्नेछ। उक्त सुईको प्रयोग भारतको पाँचवटा राज्यमा भइसकेको छ।

दिल्ली, हिमाञ्चल, जम्मू, पञ्जाब र राजस्थानमा यसको परीक्षण गरिएको हो । ड्रग कन्ट्रोलर जनरल अफ इण्डियाले सुई पास गरेपछि सर्वसाधारणले पनि लगाउन पाउनेछ । एजेन्सी

१८ वर्षीय युवक गर्भवती, यस्तो छ सबैलाई रुवाउने त्यो दुखदायी पिडा !

आमा बन्नु हरेक महिलाका लागि सबैभन्दा विशेष पल हुन्छ । किनकी उनको शरीरभित्र उनको आफ्नै अंशको रुपमा नयाँ मान्छे बढिरहेको हुन्छ । तर के तपाईंले कहिल्यै कुनै पुरुषले समेत यस्तै मातृत्वको अनुभूति गर्न पाएको देख्नुभएको छ ? सायद छैन होला । किनकी पुरुषहरु आमा बन्न सक्दैनन् ।

तर अमेरिकामा चाहिँ एउटा अनौठो मामिला सार्वजनिक भएको छ । एकजना १८ वर्षीय अमेरिकी युवक गर्भवती भएका छन् । अहिले उनको कोखमा ४ महिनाको भ्रूण हुर्किरहेको छ । ती युवकको गर्भ रहेको तस्वीर पछिल्लो समय सोसल मिडियामा भाइरल बनिरहेको छ ।

उनको नाम मिकी च्यानेल हो । उनी अमेरिकाको बोस्टन सहरमा बस्छन् । उनी पुरुष हुन् तर उनको शरीरमा प्रजनन प्रणालीचाहिँ महिलाको छ । सोही कारण उनले गर्भाधारण गरेका हुन् ।

मिकीको जन्म पुरुषकै रुपमा भएको थियो । उनकी आमाको गर्भको जाँच गर्दा गर्भमा छोरी रहेको डाक्टरहरुले बताएका थिए । तर जब छोराको रुपमा मिकी जन्मिए, डाक्टरसमेत अचम्ममा परे । उनको शरीरमा पुरुषकै यौ’नां’ग थिए । तर उनको शरीरभित्र चाहिँ महिलाको जस्तै पाठेघर, अण्डासय लगायतका अंग रहेछन् । यसलाई चिकित्सा भाषामा ‘प’र्सिस्टेन्ट एमलेरिएन डक्ट सिन्ड्रोम’ अर्थात् पि’एम’डिएस भनिन्छ ।

केटाको रुपमा जन्मिए पनि बाल्यकालदेखि नै उनको आनीबानी केटीको जस्तो हुन थाल्यो । आफ्नो जिउडाल, मनोकांक्षा तथा आनीबानीहरु केटीको जस्तो हुँदा उनले आफ्ना साथीसँगी तथा समाजसामु लज्जित महसुस गरेका थिए । तर उनलाई उनको परिवारले पूरा साथ दियो ।

मिकीको सानैदेखिको सपना थियो बच्चा जन्माउने । जुन अहिले सार्थक हुँदैछ । त्यसैले उनी निकै खुसी छन् ।

परीक्षणका क्रममा उनको पेटभित्र पाठेघर तथा अण्डासय लगायतका परिपक्व महिला प्रजनन अंग रहेको पत्ता लागेसँगै उनीमा सन्तान प्राप्तिको अभिलाषा जाग्यो । बाहिर पुरुष यौनांग भए पनि उनमा यौनिक रुपमा सक्रिय पुरुषको लक्षण थिएन अर्थात् उनी बाँझो थिए । तर शरीरभित्रको महिला प्रजनन प्रणालीका कारण उनी गर्भाधानका लागि सक्षम रहेको ठहर गरियो ।

डाक्टरहरुले अस्पतालमा निरन्तरको प्रजनन उपचार तथा कृत्रिम गर्भाधान पश्चात् उनको पाठेघरमा भ्रूण प्रत्यारोपण गरिएको हो । उनको यो नी नभएको हुनाले पेटमा शल्यक्रिया गरेर पाठेघरभित्र भ्रूण हालियो । गर्भ ९ महिना पुगेपछि त्यसैगरी शल्यक्रिया गरेर बच्चा बाहिर निकालिनेछ ।

बच्चा जन्माउने आफ्नो निर्णयबाट आफ्नी आमा तथा परिवार खुसी रहेको उनी बताउँछन् । उनी आफ्नो बच्चाको जन्मको व्यग्र प्रतिक्षामा छन् ।