प्रधानमन्त्री ओलीद्वारा राजिनामा दिने घोषणा !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ चैत्र ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिने भएका छन् ।

आज शनिबार १६५ वटै निर्वाचन क्षेत्रको रणनीतिक सडक विस्तार शुभारम्भ कार्यक्रममा बोल्दै सरकारलाई दिएको समर्थन फिर्ता लिए आफ्नो राजीनामा आउने बताए।

उनले कांग्रेसले राजीनामा मागेको विषयलाई हल्का रुपमा लिएको संकेत गर्दै राजीनामाका लागि पहिला माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने सुझाव दिए । उनले भने, ‘दिनैपिच्छे राजीनामा माग्नै पर्दैन समर्थन फिर्ता लिइदिए भइगयो नि ।’

ओलीले ‘पहिले समर्थन फिर्ता लेऊ, राजीनामा आइहाल्छ नि’ भने।

प्रधानमन्त्री केपी ओलीले आफूलाई बहुत स्थापित र राष्ट्रको सबैभन्दा लोकप्रिय तथा बढी बिक्ने अखबारले राजीनामा माग्ने समाचारलाई प्राथमिकता दिएको भन्दै कटाक्ष गर्दा यस्तो बताएका हुन्।

‘मेरो राजीनामा दिनैपिच्छे एक-एक वटाले मागेका हुन्छन्, त्यो अखबारले समाचार छाप्छ,’ उनले भने, ‘मेलम्चीको पानी आएको थाहा पाउँदैन।’

ओलीले त्यो अखबारले मेलम्चीको पानी आएको समाचार नदिएको तर आफ्नो राजीनामा मागेको समाचार दिएको बताए।