सेयर बजारमा पुन: नयाँ रेकर्ड

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ चैत्र ।

सेयर बजारले पुन: नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन आज (आइतबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २६.४१ अंकले बढेर २६५८.३० विन्दुमा पुगी नेप्से अलटाइम हाइको बिन्दुमा पुगेको हो ।

यसअघि फागुन ९ गते २६४० को बिन्दुमा पुगेर नयाँ रेकर्ड राखेको राखेको थियो । सेयर बजारले आज पुन: नयाँ रेकर्ड राखेको हो । लगानीकर्ताहरुले मनोबल बढाएसँगै सेयर बजारमा पुन: रौनकता देखिएको छ ।

यो समाचार तयार पर्दासम्म नेप्से १८.०६ अंकले बढेर २६४९.९५ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक 3.४८ अंकले बढेर ४६९.९० क बिन्दुमा पुगेको छ ।

आज सुनचाँदीको मूल्य तोलामा कति ?

आज (आइतबार) नेपाली बजारमा सुनको स्थिर रहेको छ ।

गएको (शुक्रबार) तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (आइतबार) सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८६ हजार ९ सय ५० कायम भएको छ ।

त्यस्तै, आज (शक्रबार) चाँदीको मूल्य पनि स्थिर रहेको छ । गएको शुक्रबार तोलाको १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।