समर्थन फिर्ता लेउ,अनि राजीनामा आइहाल्छ नि : प्रधानमन्त्री ओली

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ चैत्र ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन फिर्ता लिए आफ्नो राजीनामा आउने बताएका छन्। शनिबार १६५ वटै निर्वाचन क्षेत्रको रणनीतिक सडक विस्तार शुभारम्भ कार्यक्रममा बोल्दै समर्थन फिर्ता लिए राजीनामा आउने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘राजीनामा आज मागिएको होइन्, मागिएको मागियै छ । मागैपिच्छे म कसरी दिनसक्छ ।

प्रधानमन्त्री ओलीले आफूलाई बहुत स्थापित र राष्ट्रको सबैभन्दा लोकप्रिय तथा बढी बिक्ने अखबारले राजीनामा माग्ने समाचारलाई प्राथमिकता दिएको भन्दै कटाक्ष गर्दा यस्तो बताएका हुन्।

‘स्वास्थ्य संकटकाल’ लागू गर्न माग गर्दै प्रदर्शन, १० जना पक्राउ

काठमाडौँ लगायत देशका विभिन्न भागमा वायु प्रदूषण बढेको भन्दै वातावरण संरक्षण अभियान्ताहरुले वातावरण तथा स्वस्थ्य संकटकाल लागू गर्न माग गर्दै शुक्रबार प्रदर्शन गरेका छन् । देशमा डढेलो र वायु प्रदूषणले जनस्वास्थ्य संकटमा रहेको बेला सरकार बसेको भन्दै उनीहरुले सिंहदरबार अगाडि प्रदर्शन गरेका हुन् ।

प्रहरीले प्रदर्शनमा हस्तक्षेप गर्दै ९–१० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्जमा राखिएको प्रहरीको भनाइ छ ।

देशका विभिन्न भागमा लागेको डढेलोका साथै प्रदूषणले देशभरको वायुको गुणस्तरमा ह्रास आएको छ । केही दिनअघि काठमाडौँ वायु प्रदूषणको मामिलामा विश्वकै सबैभन्दा प्रदूषित शहरसमेत बनेको थियो । विज्ञहरुले काठमाडौँको वायु जनस्वास्थ्यका लागि घातक बनेको बताइरहेका छन् ।