काठमाडौं, २० चैत ।
नेकपा (एमाले)काे माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान विपरितका गतिविधि गरेकाे भन्दै देशभर सक्रियतापूर्वक ओली प्रवृत्तिकाे विराेधमा उत्रन नेता कार्यकर्तालाई आह्वान गरेकाे छ ।
नेता खनाल र नेपालसहित उनीहरू पक्षीय स्थायी कमिटी सदस्यले जारी गरेकाे विज्ञप्ति जारी गर्दै पार्टीको क्रान्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढताका साथ एकताबद्ध रुपमा संगठित भइ देशव्यापी रुपमा सक्रिय हुन नेता कार्यकर्तामा आह्वान गरेको हाे ।
सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्र व्यूँताउने फैसला गरेपछि ओलीले एमालेमा एकलाैटी निर्णय गर्दै आएका छन् । ओलीले पार्टी विधान विपरितका गतिविधि अगाडि बढाएकाे भन्दै खनाल-नेपाल समूहले असन्तुष्टि जनाउँदै देशव्यापी अभियान सञ्चालन गरिरहेकाे छ ।