सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो, कारोबार कतिमा ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २० चैत ।

शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य तोलामा ३० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

आजबाट खुल्यो १२० रुपैयाँ पर्ने आईपीओ, (पुर्ण जानकारि)

रुरु जलविद्युत् परियोजना लिमिटेडले आज ९चैत्र २० गते, शुक्रबार० बाट सर्वसाधारणका लागि साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि २० रूपैयाँ प्रिमियम थपेर १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको छ ।

यसअघि पहिलो चरणमा कम्पनीले फागुन ७ गतेदेखि फागुन २१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १०० रुपैयाँ अंकित दरमा ४ करोड ७ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको कुल ४ लाख ७ हजार ७ सय ५ कित्ता साधारण सेयर ९आइपिओ० निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

उक्त आईपीओमा लगानीकर्ताले छिटोमा चैत्र २४ गतेसम्म र ढिलोमा वैशाख ३ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ ।

लगानीकर्ताहरूले एनएमबि क्यापिटल लिमिटेड, रुरु जलविद्युत् परियोजना लिमिटेड र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन्।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]