गलकोट, २० चैत ।
गलकोट नगरपालिका वडा नम्बर ३ को हटियादेखि डाडाखेत तर्फ जादै गरेको ध १ ज ७८२ नम्बरको ट्याक्सी दुर्घटना भएको छ ।
दुर्घटना हुँदा ४ जना घाईते भएको गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष वीरजंग भण्डारीले जानकारी दिए ।
घाईते हुनेमा गलकोट नगरपालिका वडा नम्वर ३ का २२ वर्षीया पशुपति दर्जी र उजका श्रीमान २५ वर्षीय तेजेन दर्जी, गलकोट नगरपालिका वडा नम्वर ३ निवासी २१ वर्षीय सरिता भण्डारी र चालक गलकोट नगरपालिका वडा नम्वर २ का मनोज भण्डारी रहेका छन् ।
घाईतेको हात तथा टाउकोमा चोट लागेको छ ।
घाईते ४ जनाकै अहिले गलकोटको हटिया स्थित ईमरजेन्सी पोलिक्लिनिक प्रालिमा उपचार भैरहेको प्रहरी चौकी हटियाले जनाएको छ ।
साँझ ५ बजेको दुर्घटना भएको ट्राफिक प्रहरी हेमलाल पुरी जानकारी दिए । तीव्र गतिको कारण अनियन्त्रित हुदा ट्याक्सी सडकको कुनामा रहेको ढुङ्गामा ठोक्किएको प्रहरीले जनाएको छ ।
यस्तै गरि बिहिबार बिहान नगरपालिका ३ बौराचौतारामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भएका छन् ।
उनीहरुलाई उपचारको लागि पोखरा पठाइयको छ । त्यसै गरि आजै दिउँसो गलकोट नगरपालिका २ नरेठाटी तोरिखोला मा पिक अप जिप दुर्घटना भएको छ ।
दुर्घटनामा २ जना घाइते भएको र घाइतेहरुको इमर्जेन्सी पोलिकिल्निकमा उपचार भै रहेको गल्कोट नगरपालिका २ का वडा सदस्य भत्तबहादुर घर्तीले जानकारी दिए ।