काठमाडौं, १९ चैत ।
नेपाल राष्ट्र बैंकले दैनिक सुन आयात गर्ने सीमा बढाएको छ । राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै सुनको दैनिक परिमाण हाललाई २० केजी कायम गरेको छ ।
यसअघि दैनिक १० केजी मात्रै सुन आयात गर्न पाइने व्यवस्था थियो ।
राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र-२०७६ अनुसा सुन आयात तथा बिक्री वितरण सम्बन्धि कार्यविधि, २०६८ को बुँदामा संशोधन गर्दै सुन आयातको कोटा बढाएको हो ।
चालु खर्च बढ्यो, पुँजीगत खर्च १५ प्रतिशत कम
चालु आवको फागुन महिनासम्म गत आवको सोही अवधिको तुलनामा चालु खर्चमा वृद्धि भएको छ ।
२०७६ फागुनसम्म ४ खर्ब ५० अर्ब ८२ करोड रुपैयाँ खर्च भएकोमा चालु आवको फागुनसम्म १.१३ प्रतिशतले बढी अर्थात् ४ खर्ब ५५ अर्ब ९१ करोड रुपैयाँ खर्च भएको छ । यो, वार्षिक लक्ष्यको तुलनामा प्रगति प्रतिशत ४८.०४ प्रतिशत हो ।
त्यसैगरी पुँजीगततर्फ भने १५.४२ प्रतिशतले घटेको छ । सरकारले गत वर्षको समीक्षा अधिवमा पुँजीगत खर्च ९४ अर्ब ४४ करोड खर्च गरेकोमा चालु आवको सोही अवधिमा यस्तो खर्च जम्मा ७९ अर्ब ८७ करोड खर्च भएको छ । जुन वार्षिक वार्षिक लक्ष्यको तुलनामा प्रगति २२.६३ प्रतिशत हो ।
सरकारले वित्तीय व्यवस्थापनतर्फ ४४.०९ प्रतिशत कम खर्च गरेको छ । गत आवको फागुन महिनासम्म ६३ अर्ब ५२ करोड खर्च गरेकोमा सरकारले चालु आवको सोही अवधिमा जम्मा ३५ अर्ब ५१ करोड खर्च गरेको छ ।
सरकारले आगामी आवको बजेट निर्माणका लागि आधार समेत तय गरेको छ । जसमा आर्थिक पुनरोत्थान र रोजगारी सिर्जना, ठूलो पूर्वाधार आयोजना कार्यान्वयनमा निरन्तरता, कृषि क्षेत्रको विकास, सामाजिक विकासमा निरन्तर लगानीः शिक्षा, स्वास्थ्य, खानेपानी, खावास। क्षेगत र प्रादेशिक सन्तुलन र दीगो विकासका लक्ष्यलाई आधार बनाएको छ ।