अब सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई पार्टीबाट निकाल्ने ओलीको तयारी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १८ चैत ।

रावललाई पार्टीबाट निकालेका एमाले अध्यक्ष केपी ओलीले उप–महासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पनि निकाल्ने तयारी गरेका छन् । त्यसका लागि ओलीले भुसाल र पाण्डेसँग २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

ओलीले नेपाल र रावलसँगै स्पष्टीकरण सोधे पनि भुसाल र पाण्डेले बुझाएका थिएनन् । नेपाल र रावलले आफूहरुमाथि नभई पार्टी विधान, विधि र पद्धतिविपरीत गतिविधि गरेका कारण ओलीले स्पष्टीकरण दिनुपर्ने भन्दै प्रतिप्रश्नसहति लिखिज जवाफ पेस गरेका थिए ।स्पष्टीकरण चित्तबुझ्दो नभएकाले कारबाही गरिएको ओलीको सचिवालयले जनाएको छ ।

माधव नेपाल र भीम रावललाई पार्टीबाट निकालेका एमाले अध्यक्ष केपी ओलीले उप–महासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पनि निकाल्ने तयारी गरेका छन् । त्यसका लागि ओलीले भुसाल र पाण्डेसँग २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।