बिग बोस फेम अभिनेत्री रश्मी देसाइकाे बोल्ड तस्वीर !

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

बिग बोस फेम अभिनेत्री रश्मी देसाइले बोल्ड फोटो सार्वजनिक गरेकी छिन् । उनले आफ्नो पछिल्लो फोटोसुटका केही तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेकी हुन् । तस्वीरमा रश्मी निकै बोल्ड देखिएकी छिन् ।

हदेसम्म खुला पहिरनमा देखिएकी रश्मीको यो फोटोसुटका तस्वीरहरु सामाजिक संजालमा निकै रुचाइएका छन् । रश्मीले तस्वीरमा पहेंलो रंगको डीप नेक जम्पसुट लगाएकी छिन् । पहेंलो र कालो रंगको ओभरकोट पनि लगाएकी छिन् ।

फोटो शेयर गर्दै रश्मीले लेखेकी छिन् ‘हाम्रो पछाडि के छ, हाम्रो अगाडि के छ ? यो त्योभन्दा निकै सानो कुरा हो कि हामीभित्र के छ ? हामी कुनै पुतलीको सुन्दरता देखेर निकै खुसी हुन्छौं तर हामीले शायदै स्वीकार गर्न सक्छौं कि कस्ता परिवर्तन भोग्दै ऊ अगाडि बढिरहेको छ । बन्दरगाहमा एउटा जहाज सबैभन्दा सुरक्षित हुन्छ तर जहाज त्यहाँ राख्नका लागि बनाइएका हुँदैनन् ।