कार्यकर्ताहरुलाई प्रचण्डको अपिल – आवश्यक परे मर्न तयार हुनु

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ चैत ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउन प्रतिक्रियावादी शक्तिहरु सक्रिय रहेको बताएका छन् ।

२० औं जेल ब्रेक दिवसको अवसरमा मंगलबार अखिल नेपाल महिला संघ क्रान्तिकारीले माओवादी पार्टी कार्यालय पेरिसडाँडामा गरेको कार्यक्रममा प्रचण्डले जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउन प्रतिक्रियावादी शक्तिहरु सक्रिय रहेकाले आवश्यक परे मर्नका लागि तयार रहन कार्यकर्ताहरुसँग अपिल गरे ।

प्रचण्डले संविधान र लोकतान्त्रिक गणतन्त्र नै समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै त्यो षड्यन्त्रबाट प्रधानमन्त्री केपी शर्मा ओली नै परिचालित हुँदा परिस्थिति जटिल बनेको जिकिर गरे ।

प्रचण्डले प्रधानमन्त्री केपी ओली प्रतिक्रियावादी शक्तिबाटै प्रयोग भइरहेको पनि आरोप लगाउनुभयो । पार्टी नेतृत्वको वरपर जाली फटाहाहरु हाबी भएको र त्यसमा आफ्नो पनि केही कमजोरी भएको उहाले स्वीकार गरे ।

त्यस्तै प्रचण्डले सर्वोच्च अदालतले दल विभाजन गर्ने अप्राकृतिक फैसला गरेका कारण पुनरवलोकनमा गएको बताउनुभयो । माग एउटा फैसला अकै आएको भन्दै यसलाई देश–दुनियाँले हेरिरहेको उनको भनाइ थियो ।

उनले संसदीय दलको बैठकको बहुमतबाट ओलीलाई हटाएर संसद्मा निर्णय दर्ता गराएको भन्दै दर्ता गरेर बाहिर नआउँदै सर्वोच्चले आदेश दिएर ओलीलाई नै स्थापित गरिदिएको बताए ।
त्यस्तै उनले २०५७ सालमा जेलब्रेक गर्ने कमला नहार्की, रीता र सहिद मिना मरहट्टाका पिता नरनात मरहट्टा लगाएतलाई सम्मान गरे । साझा पोष्ट बाट