काठमाडौं, १७ चैत ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममार्फत उनले यस्तो घोषणा गरेकाच हुन् ।
उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् । उनले सरकारले वृद्धवृद्धालाई हेर्न थालेकोमा मानिसहरूलाई छटपटी लागेकोसमेत बताएका छन् ।
ओलीले भने, ‘कसैलाई आपत्ति लाग्ला। साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ।
ओलीले गरेको कारबाही नमान्ने र अलग पार्टी पनि नबनाउने खनाल–नेपाल समूहको निर्णय
नेकपा एमालेको खनाल–नेपाल समूहले दुई नेतामाथि भएको कारबाही नमान्ने निर्णय गरेको छ । आज बसेको यो समूहको स्थायी कमिटी सदस्यहरुको बैठकले पार्टीमा समानान्तर गतिविधिलाई कायमै राख्ने, तर अलग पार्टी नबनाउने निर्णय गरेको छ ।
नेपाल समूहका ११ स्थायी कमिटी सदस्यहरु छलफलमा सहभागी भएका थिए । मंगलबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णय विधान विपरित भएको निष्कर्ष निकालेको छ ।
यस्ता कार्य पार्टीभित्र विचार र संगठनबारे छलफल र बहस गर्ने ढोका बन्द हुने र एमालेलाई विभाजनलाई छिन्नभिन्न गर्ने दुराशयकै परिणाम भएको नेपाल समूहले निकालेको वक्तव्यमा भनिएको छ ।