नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ चैत ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्बनको कारबाही गरेपछि एमाले नेर्त रामकुमारी झाँक्रीले प्रतिवाद गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटमार्फत भट्टराईले अध्यक्ष केपी ओलीले नेता नेपाल र रावललाई गरेको कारबाही कमजोरहरूको अन्तिम अस्त्र भएको बताउनुभएको छ ।

‘कमजोरहरूको अन्तिम अस्त्र हो । जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने । हेक्का होस् ! पृथ्वी गोलो छ’, उहाँले लेख्नुभएको छ, ।

अध्यक्ष ओलीले सोमबार नेता नेपाल र रावलले बुझाएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै ६ महिनाका लागि दुवै नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहेन गरी निलम्बन गर्नुभएको थियो ।